निताको रोजाई : व्यायफ्रेण्ड रोमान्टिक हुनुपर्छ
फिल्मीखबर, काठमाण्डौ, २०७० कार्त्तिक ६, बुधवार
अभिनेत्री निता ढुङगाना बार गर्लको भुमिकामा प्रस्तुत भएको फिल्म 'वार' यसै शुक्रबार (कार्तिक ८ गते) बाट अल नेपाल रिलिज हुँदैछ । मुकुन्द भट्ट निर्देशित फिल्ममा विराज भट्टका भाई कृष्ण भट्टको पनि मुख्य भुमिका छ । 'वार' रिलिजको अवसर पारेर अभिनेत्री ढुङ्गानासँग फिल्मीखबरले प्रेमी र श्रीमान् सम्बन्धमा गफगाफ गरेको छ ।
निता भन्छिन्- 'मलाई नरम बोली भएको पुरुषले आकर्षण गर्छ ।' आवरणमा ह्यान्डसम देखिने पुरुषले निताको मन चोर्न सक्दैनन रे ! निता भन्छिन्- 'बाहिर ह्यान्डसम देखिने पुरुष भन्दा पनि लेडिजलाई रेस्पेक्ट गरेर मिठो बोल्ने पुरुष मन पर्छ ।' उसो भए मिठो बोल्ने प्रेमी भेटियो त ? उनले हाँस्दै सुनाइन्- 'हेर्नुस न, अहिलेसम्म भेट्टाएको छैन ।'
प्रेमी खोज्ने उमेर भएन र ? उनको भनाइ छ- 'म अलि भाउ खोज्ने टाइपकी छु । परिचय नभएको व्यक्तिसँग अगाडी बढेर बोल्ने बानी छैन । त्यसकारण, घमण्डी जस्तो देखेर होला कुनै पनि केटाले प्रपोच गर्ने आँट नै गरेका छैनन् । प्रेमको भ्याकेन्सी खुला छ ।'
प्रेमको आवेदन दिने प्रेमी चाहि कस्तो हुनुपर्छ त ? कमेडी फिल्म 'छ एकान छ' की अभिनेत्री केही बेर सोचमग्न भइन् र भनिन्- 'व्यायफ्रेण्ड त रोमान्टिक नै हुनुपर्छ ।' उनले थपिन्- 'व्यायफ्रेण्ड भनेको क्यरिङ र टाइम टाइममा कल गर्ने हुनुपर्छ । साथमा इमान्दार पनि ।' श्रीमान् चाहि ? 'श्रीमान् चाहि मलाई पाल्न सक्ने हुनुपर्छ । जुन पेशा भएपनि आम्दानी राम्रै भएको चाहिन्छ,' निता खुल्न थालिन्- 'सधैं फिल्म नै खेलिन्छ भन्ने होइन । मेरो हात खाली भएको समयमा पनि मलाई मज्जाले पाल्न सक्ने श्रीमान हुनुपर्छ ।'
यी गुण युक्त श्रीमानको श्रीमती चाहि कहिले हुने त ? 'अहिले त सानै छु, बिहे गर्ने बेलै भएको छैन,' गत महिना मात्रै २१ औं जन्मदिन सेलिब्रेट गरेकी निता भन्छिन्- '३० वर्ष पुगेपछि चाहिं पक्कै बिहे गर्छु । नत्र त बुढी कन्या भनेर जिस्क्याउँछन् । हा हा हा...!'
निताको रोजाई : व्यायफ्रेण्ड रोमान्टिक हुनुपर्छ
Reviewed by Bcas
on
5:21 AM
Rating:
Reviewed by Bcas
on
5:21 AM
Rating:

No comments:
What do you think about this article? Comment in the comment box.
Janakpur News