Top Ad unit 728 × 90

Breaking News

random

मिनिस्कर्ट लगाउन नपाएपछि विद्यार्थीहरुले गरे निर्वस्त्र प्रदर्शन..Naked Students


विश्वविद्यालयले विद्यार्थीहरुका लागि पोशाकमा कडा नियम लगाएको विरोधमा हंगेरीको एक विश्विद्यालयका विद्यार्थी कक्षाकोठा भित्रै नांगिएका छन् । विद्यार्थीको उक्त निर्वस्त्र विरोध प्रदर्शनमा एक जना प्राध्यापकले पनि साथ दिए ।
कपोस्वार विश्वविद्यालयले आफ्नो कला संकायका विद्यार्थीलाई उत्तेजक कपडा लगाएर क्याम्पसमा आउन रोक लगाएपछि विद्यार्थीहरु निर्वस्त्र विरोध प्रदर्शनमा उत्रिएका हुन् । विश्वविद्यालयले खासगरी छात्राहरुलाई वक्षस्थल बढि देखिने तथा तिघ्रा देखिने गरी मिनिस्कर्ट लगाउनमा बन्देज लगाएको थियो ।
तर यस्तो नियमको विरोधमा बिहिबार १० जना छात्रछात्राले कक्षा कोठाभित्रै नांगिएर ससक्त विरोध जनाए । त्यसक्रममा युवतीहरुले किताबले आफ्नो गोप्य अंग ढाक्ने प्रयास गरेका थिए । नांगिने केटीहरुलाई केटाहरुले पनि साथ दिए र साथमा एक जना शिक्षक पनि नांगिए ।
विद्यार्थीहरुले आफ्नो यो निर्वस्त्र विरोध प्रदर्शनको एक भिडियो समेत खिचेका छन् र स्थानीय एक समाचार साइटमा अपलोड गरेका छन् । विद्यार्थीहरुले क्याम्पसको नियमको विरोधमा सोमबार पनि यस्तै निर्वस्त्र प्रदर्शन गर्ने बताएका छन् ।

मिनिस्कर्ट लगाउन नपाएपछि विद्यार्थीहरुले गरे निर्वस्त्र प्रदर्शन..Naked Students Reviewed by Unknown on 10:49 PM Rating: 5

No comments:

What do you think about this article? Comment in the comment box.
Janakpur News

Contact Form

Name

Email *

Message *

Powered by Blogger.