Top Ad unit 728 × 90

Breaking News

random

मिस नेपाल इशानी स्वेदश फिर्ता (भिडियोसहित)


काठमाडौं, आश्विन २२ । यस वर्षको मिस वल्र्ड प्रतियोगितामा शीर्ष १० भित्र पर्न सफल नेपाल सुन्दरी इशानी श्रेष्ठ आज स्वदेश फर्किएकी छिन् । स्वदेश फर्के लगत्तै त्रिभुवन विमानस्थलमा सञ्चारकमीहरुसँग कुरा गर्दै इशानीले मिस वल्र्डमा आफूले प्राप्त गरेको सफलता आगामी प्रतियोगिहरुका लागि प्रेरणा बन्ने भन्दै नेपाली सुन्दरीहरुको क्षमतालाई कम आँक्न नहुने बताइन् । 

इण्डोनेसियाको बालीमा सम्पन्न मिस वल्र्ड प्रतियोगिताको ६३ औं संस्करणको फाइनलमा पुगेका १ सय ३० मुलुकका सुन्दरीहरु मध्ये इशानी शीर्ष १० भित्र परेकी थिइन् । अहिलेसम्म कुनै पनि नेपाली प्रतियोगी मिस वल्र्ड प्रतियोगितामा इशानीले हासिल गरेको स्थानसम्म पुग्न सकेका थिएनन् । 

इशानीले नेपालकोतर्फबाट मिस वल्र्डको प्रतियोगितामा पहिलो पटक ‘ब्युटी विथ प्रपोज’ को उपाधि समेत जित्न सफल भएकी थिइन् ।
मिस नेपाल इशानी स्वेदश फिर्ता (भिडियोसहित) Reviewed by Unknown on 10:23 PM Rating: 5

No comments:

What do you think about this article? Comment in the comment box.
Janakpur News

Contact Form

Name

Email *

Message *

Powered by Blogger.