Top Ad unit 728 × 90

Breaking News

random

संजय दत्तलाई जेलबाट १४ दिनको छुट्टी


मुम्बई, आश्विन १५ । बलिउ अभिनेता संजय दत्तले जेलबाट दुई साताको छुट्टी पाएका छन् । सन् १९९३ मा मुम्बईमा भएको एक बम ‘धमाका’सँग सम्बन्धित मामिलामा पुणेको येरवडा जेलमा ४२ महिनाको कैद सजाय काटिरहेका संजयले १४ दिनको छुट्टी पाएका हुन् । संजयले स्वास्थ्य सम्बन्धी समस्याका कारण छुट्टीको अनुमति प्राप्त गरेका हुन् । उनी जेलबाट आज मुम्बईस्थित आफ्नो घर प्रस्थान गरेका बीबीसीले जनाएको छ । अभिनेता संजय दत्तले गत अगस्ट महिनामा पनि स्वास्थ्य सम्बन्धी समस्याका कारण प्रशासनसँग एक महिनाको छुट्टी माग गरेका थिए । तर, उनको माग त्यतिबेला अस्वीकार गरिएको थियो । मुम्बई बम धमका सम्बन्धी मामिलामा दोषी पाइएका संजयले यसै वर्षको मे महिनामा टाडा अदालतमा आत्मसर्मण गरेका थिए । त्यसपछि मुम्बईको आर्थर रोड जेलमा राखिएका ५४ वर्षीय अभिनेता संजयलाई पछि पुणेको यरवडा जेलमा स्थानान्तरण गरिएको थियो । १४ दिनको छुट्टीपछि संजय पुनः जेलमा फर्किने छन् ।
संजय दत्तलाई जेलबाट १४ दिनको छुट्टी Reviewed by Unknown on 10:26 PM Rating: 5

No comments:

What do you think about this article? Comment in the comment box.
Janakpur News

Contact Form

Name

Email *

Message *

Powered by Blogger.