काली रेखाले पछारिन् विराजलाई
काठमाण्डौ,
फुलपाती रिलिज फिल्म काली र दामिनीलाई लिएर निर्माता तथा वितरक बिच राम्रै जुहारी चल्यो । अभिनेत्री रेखा थापा र अभिनेता विराज भट्ट एक अर्काका विरुद्ध खनिए ।कालीसँग दामिनीलाई असोज २५ मै रिलिज गर्ने भएपछि दामिनीको नेपाली राइट लिने मनोज राठी समुहलाई लक्षित गर्दै रेखाले भनेकी थिइन्- ‘मरेको कुकुर काँधमा बोकेर शिकार हुँदैन । बाघसँग भिड्न बाघ नै चाहिन्छ ।’ वाक युद्धमा भोजपुरी फिल्मका व्यस्त अभिनेता विराज भट्टले जवाफमा भनेको थिए- ‘डेट एक्सपाएर रेखासँग मलाई मतलब छैन । विराज भट्टको दामिनीलाई दर्शकले साथ दिनु हुनेछ ।’

विडम्वना, विराजले अभिव्यत्ती यतिबेला उल्टिएको छ । उनले डेट एक्सपायरको संज्ञा दिएकी अभिनेत्री रेखा थापाको फिल्म कालीले प्रदर्शनको पहिलो दिन देशका करिब ८० वटा पर्दामा हाउसफुलको व्यापार गरेको छ । विराजको दामिनी रेखा थापाको कालीसँग पूरै फिका देखिएको सम्बन्धित हलवाला बताउँछन् । कालीको व्यापारलाई लिएर प्रदर्शक तथा निर्माता प्रदीप कुमार उदय भन्छन्- ‘नेपाली फिल्मको इतिहासमा कुनै पनि नेपाली फिल्मले सप्तमीमा कालीले गर्ने व्यापार गरेका छैन । कालीले फुलपातीमा गरेको व्यापार नेपाली फिल्म क्षेत्रको लागी सुखद हो ।’
उदयले दशैमा रिलिज हुने फिल्मले नवमी पछि मात्रै राम्रो व्यापार गर्ने गरेको सुनाए । चावाहिलस्थित गोपिकृष्ण हलमा काली हेर्न दर्शकको घुइँचो थियो । दामिनीका दर्शक कालीको आधा भाग थिए । शविर श्रेष्ठ निर्देशित फिल्म कालीलाई दर्शकले अत्याधिक रुचाएको पाइयो । रेखा थापा, किशोर खतिवडा र बाल कलाकार अनुभव रेग्मीको अभिनयलाई दर्शकले सिटी ताली र आँसुमा मिसाए ।
फिल्मको सुरुवाती व्यापारबाट हौसिएका कालीका कार्यकारी निर्माता छविराज ओझा भन्छन्- ‘देशका हरेक पर्दामा अहिलेसम्म हाउसफुल छ भन्ने खबर आएको छ ।’ सँगै रिलिज भएको दामिनीले व्यापारमा असर पुग्यो होला नि ? भन्ने प्रश्नमा निर्माता ओझाले भने- ‘कुन फिल्म हेर्नु पर्छ भन्ने दर्शकलाई राम्रोसँग थाहा छ । त्यसकारण अन्य फिल्मले कालीको व्यापारलाई असर गर्दैन भन्नेमा हामी ढुक्क थियौं ।’
दामिनीको नेपाल राइट किनेका मनोज राठीले भने दामिनीले वम्परको व्यापार गरेको दाबी गरेका छन् । उनले काली फिल्मको व्यापारसँग मतलब नभएको प्रतिक्रिया दिदैं दामिनी हेर्न दर्शकको घुइँचो लागेको दाबी समेत गरे । त्यस्तै काली फिल्मको सुरुवाती व्यापार उत्साहजनक हुनुको श्रेय अभिनेत्री रेखा थापाले सम्पूर्ण दर्शकलाई दिएकी छिन् ।फिल्मीखबर
काली रेखाले पछारिन् विराजलाई
Reviewed by Unknown
on
4:15 AM
Rating:
Reviewed by Unknown
on
4:15 AM
Rating:

No comments:
What do you think about this article? Comment in the comment box.
Janakpur News