Top Ad unit 728 × 90

Breaking News

random

सुनिल सेट्टी पर्दा बाहिर पनि हिरो

नायक सुनिल सेट्टी पर्दा बाहिर पनि हिरो भएका छन् । फिल्ममा अप्ठेरोमा परेका गरिब र बेसहाराको सहयोग गरेर हिरो हुने रोल धेरै गरेका उनी यसपटक गरिब परिवारकी नेपाली वालिकाको ज्यान जोगाएर हिरो भएका हुन् ।सुदूरपश्चिमको डडेल्धुराकी १२ वर्षीया लिला नामकी वालिकाको उपचारमा लाग्ने सबै रकम तिरेका छन् । ब्रेन हेमरेज बाट पीडित वालिकाका आफन्तले डाक्टरले भनेअनुसारको रकम जुटाउन नसक्ने भएपछि वालिकाको ज्यानको माया मारेका थिए । सुनिलले यो कुरा थाहा पाए पछि अस्पतालमा चाहिने खर्च जम्मा गरिदिए।
उत्तराखण्डको उधमसिंहनगरको एक नीजि अस्पतालमा उपचारका लागि भर्ना भएकी वालिकाका वुवा कृष्ण अघिल्लो महिना सुनिल सेट्टीको घरमा चौकीदारको काम गर्न गएको बताइएको छ । उनले वालिकाको अस्पताल खर्च संगै परिवारका लागि पनि खर्च दिएका छन् ।वालिकालाई अन्तै उपचार गर्नुपरे एअर एम्बुलेन्सको पनि वेवास्ता गर्न अस्पताल प्रमुखलाई भनेका छन् । वालिकाको उपचारमा संलग्न डाक्टर डिके त्रिपाठी र मनमोहन व्यासले भने सुनिल ले गरेको यस कार्य प्रति अस्पतालका कर्मचारी र डाक्टर समेत खुशी छन् ।
सुनिल सेट्टी पर्दा बाहिर पनि हिरो Reviewed by Unknown on 4:21 AM Rating: 5

No comments:

What do you think about this article? Comment in the comment box.
Janakpur News

Contact Form

Name

Email *

Message *

Powered by Blogger.