Top Ad unit 728 × 90

Breaking News

random

स्वयंबरमा मल्लिकालाई प्रतियोगिले ‘बेश्या’ भनेपछि

चलचित्रको पर्दामा खासै सफल हुन नसकेपछि बलिउड नायिका मल्लिका शेरावत यतिबेला टेलिभिजनमा खुम्चिएकी छिन् । उनले टेलिभिजन शो मार्फत नै आफ्नो लागि जीवनसाथी खोजिरहेकी छिन् । उनी ‘द ब्याचलर इन्डिया’ नाम शो संचालन गरेरै जीवनसाथी खोज्नमा व्यस्त छिन् । यो शोमा भारत तथा अन्य देशहरुबाट युवाहरु आएका छन् । मल्लिकाको मन जित्नका लागि उनीहरुले कुनै कसर बाँकी राखेका छैनन् ।तर मल्लिकाको यो शोले खासै दर्शक भने बटुल्न सकेको छैन । तर विभिन्न खालका विवादका कारण शो चर्चामा छ । हालै मात्र एक प्रतिस्पर्धीले मल्लिकालाई ‘वेश्या’ भनेपछि शोको सेटमा हंगामा भएको भारतिय संचारमाध्यमहरुले जनाएका छन् । आफ्नो हुनेवाला जीवनसाथी मल्लिकाको बारेमा केही भन्न आग्रह गर्दा एक प्रतिस्पर्धीले ‘वेश्या’ जस्तो लाग्ने बताएका थिए । यो कुरा सुन्न साथ मल्लिकाले छायांकन सेट नै छोडेकी थिइन् । कुरा निक्कै विवादित बनेपछि शो प्रशारण गर्दै आएको च्यानलले नै हस्तक्षेप गरेको थियो । मल्लिकालाई मनाउन ३ दिन लागेको बताइन्छ । मल्लिकालाई यस्तो प्रतिक्रिया दिने प्रतियोगिलाई शोबाट हटाइएको छ ।
स्वयंबरमा मल्लिकालाई प्रतियोगिले ‘बेश्या’ भनेपछि Reviewed by Unknown on 11:57 PM Rating: 5

No comments:

What do you think about this article? Comment in the comment box.
Janakpur News

Contact Form

Name

Email *

Message *

Powered by Blogger.