Top Ad unit 728 × 90

Breaking News

random

जियाको केस पुनः छानबिनमा"JIA KHAN MURDER CASE REOPENS"

काठमाडौ, कार्तिक ११ - घटनाको झन्डै पाँच महिनापछि मुम्बई हाई कोर्टले हत्याको आशंकामा नायिका जिया खानको मृत्युको पुनः अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको छ । 'निःशब्द' फिल्मबाट बलिउड छिरेकी जिया गत जुन ३ मा आफ्नै अपार्टमेन्टमा मृत फेला परेकी थिइन्, फ्यानमा झुन्डिएको अवस्थामा ।
घटनाको साता दिनपछि नै प्रहरीले सोधपुछका लागि जियाका प्रेमी सुरज पन्चोलीलाई गिरफ्तार गरेको थियो । पछि प्रहरीले अभिनेता आदित्यका छोरासमेत रहेका सुरजलाई रिहा गरेपछि घटना सामसुम भएको ठानिएको थियो । तर आत्महत्या गर्नुपर्ने कुनै ठोस कारण नदेखेकी जियाकी आमा रवियाले अन्ततः अक्टोबर १ मा मुम्बई हाई कोर्टमा आत्महत्या नभई हत्या भएको भन्दै पन्चोली परिवारविरुद्ध किटानी जाहेरी दिएपछि अदालतले घटनालाई पुनः ब्युँताएको हो ।
रबियाले लन्डनमा मृतात्मासँग भेटाउन सक्ने एकजना झाँक्रीमार्फत छोरीलाई भेटेको र उनले आफ्नो हत्या गरिएको भनेको दाबी गरेकी थिइन् । ट्वीटरमा समेत चोटपटक देखिएको छोरीको मृत शरीरका फोटाहरू पोस्ट गरेपछि त्यसले फेरि सनसनी फैलाएको थियो । घाँटीमा चोट देखिएकोले पनि आत्महत्या नहुने आशंका बढेको छ । रबियाले यतिबेला प्रहरीले समेत अभियुक्त परिवारसँग मिलेर प्रमाण लुकाउने प्रयास गरेको आरोप लगाउँदै मुम्बई    हाई कोर्टलाई सीबीआईबाटै छानबिनको आग्रहसमेत गरेकी थिइन् ।
जियाको केस पुनः छानबिनमा"JIA KHAN MURDER CASE REOPENS" Reviewed by Unknown on 3:13 AM Rating: 5

No comments:

What do you think about this article? Comment in the comment box.
Janakpur News

Contact Form

Name

Email *

Message *

Powered by Blogger.