सेक्सी जियाले केपी ओलिलाई नचाइन्
९ कार्तिक, दमक ।एमालेको चुनाव प्रचार गर्न गर्लफ्रेण्ड भन्दै सँगै राख्दै आएका भुवन केसीले लगेकी सेक्सी नायिकाको छवि बनाएकी जिया केसीले एमाले नेता केपी ओलिलाई नचाएकी छिन् ।
पहिला एकिकृत माओवादी बनेर पार्टी फेरेका बद्री पंगेनी समेतको कलाकार समुह लिएर झापामा चुनाव प्रचारमा केपी ओलिले सेक्सी नायिका जीयासँग कम्मर मर्काइ मर्काइ नाचेका छन् । गायक पंगेनीले गाएको गितमा नाचिरहेकी जियाले ब्वाइफ्रेण्ड भुवक केसीसँगै बसीरहेका केपी ओलिलाई तानेर नचाएकी हुन् ।
एमाले चुनाव प्रचारमा हिंडिरहेकी अर्की गायिका निशा सुनुवार समेत ओलिसँगै बसिरहेकी थिइन् नाचिरहेकी जियाले हात तानिन् र मस्कंदै केपी ओलि गए र कम्मर मर्काएर नाच्न थाले । केपी ओली झापाको क्षेत्र नम्बर ७ बाट उम्मेदवार बनेका छन् ।
यसअघि २०६४ सालमा सम्पन्न संविधानसभा निर्वाचनमा पराजित भएका ओलीले अहिले कलाकारको समुह नै लिएर चुनाव प्रचार गरिरहेका छन् ।
स्मरणीय छ माधव नेपाल सरकार बिरुद्ध सिंहदरवार घेराउ कार्यक्रम गर्दा नायिका रेखा थापासँग छमछमी नाचेपछि सबैभन्दा बढी उखान टुक्का हान्दै केपी ओलिले उछित्तो काटेका थिए ।
सेक्सी जियाले केपी ओलिलाई नचाइन्
Reviewed by Unknown
on
4:30 AM
Rating:
Reviewed by Unknown
on
4:30 AM
Rating:

No comments:
What do you think about this article? Comment in the comment box.
Janakpur News