सन्डे मर्निङ लभ यु...Sunday Morning Love You by
लन्डन, कार्तिक ८ -
सन्डे मर्निङ लभ यु,
मन्डे मर्निङ लभ यु,
आई वान्ना लभ यु एभ्री डे...
'पागलप्रेमी' गायक भीम निरौलाले कहिल्यै सोचेका थिएनन्, आफ्नो यो गीत युटयुबमा रातारात हिट होला भनेर । अपलोड भएको १३ दिनमै यो गीत युट्युबमा हेर्नेको संख्या २ लाख ९३ हजार नाघिसकेको छ ।
'युट्युबमा सन् २०१० मा खोलेको अकाउन्टमा गत १२ अक्टोबरमा गीत अपलोड गरेको थिएँ, १४ अक्टोबरसम्म दुई सय जति मात्र थियो भ्युज । १५ अक्टोबर बिहानदेखि त घन्टैपिच्छे एक हजारले हेर्न थाले । १६ अक्टोबर रातिसम्म एकै दिन एक लाखजनाले समेत हेरे ।' सान्टान्डर ब्यांकका यी जागिरे बिहीबार लन्च ब्रेकमा आफ्नो अप्रत्यासित लोकपि्रयता सुनाउँदै थिए ।
गीत सामान्य छ । एउटा पागल प्रेमीले रोमान्टिक पारामा 'लभ एक्सप्रेसन' गरिरहेको दर्शाउँछ यसले । अर्थात्, ऊ मायामा डुबिरहेको छ र प्रत्येक दिन माया गरिरहन्छ । सामान्य लाग्ने यो गीतको भिडियो हेर्ने बढेका बढ्यै छन् । उनको यो गीत चौथो एल्बम 'सन्डे मर्निङ लभ यु' मा आउँदै छ ।
काठमाडौंको त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजीमा एमए गरेका भीम आफैंले लेखेका हुन् यो गीत । यसअघिका एल्बम हिट नभइरहेका बेला उनी चर्चित हुन चाहन्थे अनि सोचे अंग्रेजी गाउने । जटिलभन्दा साधारण रचनामै मिठास आउने ठानेर त्यस्तो गीत रचेका रहेछन् उनले । रियल लाइफमा प्रेमको भोका भने होइनन् उनी । वियोगको कुनै कहानी पनि छैन उनीसँग । बेलायतको रिडिङ बस्ने ४८ वषर्ीय भीमका दुई छोरा हुर्किसके । तर, युवामाथि लक्षित गरेर प्रेमगीत रचेको उनले सुनाए । उनका चारवटा अंग्रेजी रचना चौथो एल्बममा समावेश हुँदै छन् ।
ह्वाइट हाउस स्टुडियोमा गत जुन २१ मा रेकर्ड भएको 'सन्डे मर्निङ लभ यु' को म्युजिक भिडियो बनाउन पनि भीमले धेरै कसरत गरे । प्रोफेसनल भिडियो कम्पनी जसलाई सोधे पनि ५-६ हजार पाउन्डभन्दा कममा गर्न राजी नहुने । अन्ततः लन्डनको लाइट इन्जिन फिल्म्सले अरूको भन्दा सस्तो, २ हजार पाउन्डमा, मोडल चार्जसहित भिडियो गरिदियो । उक्त कम्पनीले विशेषगरी गि्रक, इटाली र स्पेनमा लगेर म्युजिक भिडियो खिच्ने गर्छ । भीम पनि यही गीतको म्युजिक भिडियोका लागि स्पेन जाने तयारीमा थिए, तर कार्यव्यस्ताले मिलेन । आखिर बेलायतमै छायांकन भयो ।
भिडियो खिच्ने कम्पनी त भेटियो, तर मोडल कहाँ खोज्ने ? नेपाली मोडल खोज्दाखोज्दै नभेटिएर कम्पनी बुकिङको दुई महिनापछि २८ जुलाईमा पहिलो छायांकन आफैंबाट गरिएको भीमले खुलाए । पछि बि्रटिस मोडलको अंश बेग्लै खिचिएको थियो । भिडियो खिच्ने कम्पनीले अभिनय आफैं गर्न सुझाएपछि भीम नै देखिएका छन् भिडियोमा । उनलाई नाच्न भने त्यति आउँदैन रे । त्यो त भिडियो हेर्दै थाहा हुन्छ ।
'लेडी यु आर ब्युटिफल, ब्युटिफुल...' गाए पनि भीमले त्यो म्युजिक भिडियोकी मोडललाई प्रत्यक्ष भने भेटेका छैनन् । 'गि्रन स्क्रिन टेक्नोलोजी (क्रोमा की कम्पोजिटिङ) मा खिच्ने रहेछन्, मैले त ति बि्रटिस मोडल क्याटी काउचारलाई भेटेकै छैन,' उनले भने । फोनमा बातचित पनि भएको रहेनछ ।
युट्युब हिट्सले भीमलाई आर्थिक रूपमा खासै सघाउँदैन । तर, पछि यही चर्चाका कारण एल्बम बिक्ने, कन्सर्टमा निम्तो आउने आशमा छन् उनी । त्यस गीतभित्र युट्युबले विज्ञापन हालेकाले हिट्सअनुसार धेरथोर पैसा पनि संकलन हुन थालेको छ ।
धनकुटामा जन्मिएर ललितपुरको सुनाकोठी आएका भीमले २०४४ सालमै रेडियो नेपालमा स्वर-परीक्षा पास गरेका थिए । उनले सन् २००५ मा पहिलो एल्बम निकाले । 'क्रिएसन' पछि आयो 'प्रत्येक रात', २००९ मा । तेस्रो एल्बम 'चिनेको छैन' नेपालबाटै रेकर्ड गरेर ल्याए पनि अहिलेसम्म बजारमा आउन सकेको छैन ।
बेलायतको नेपाली समुदायमा समेत उस्तो नझुल्किने यी गायकलाई चिन्नेहरू यसअघि धेरै कम थिए । आठ वर्ष बेल्जियम बसेर आठ वर्षअघि यूके छिरेका भीम फुर्सदमा होम स्टुडियोमै रियाज अनि गीत लेख्दै बस्थे । बजाउन पनि उनलाई खुब सोख लाग्ने । सामाजिक कामभन्दा घरैमा टहलिने उनी 'सन्डे मर्निङ लभ यु...' का कारण अहिले एकाएक चर्चामा आएका छन् ।
सन्डे मर्निङ लभ यु,
मन्डे मर्निङ लभ यु,
आई वान्ना लभ यु एभ्री डे...'पागलप्रेमी' गायक भीम निरौलाले कहिल्यै सोचेका थिएनन्, आफ्नो यो गीत युटयुबमा रातारात हिट होला भनेर । अपलोड भएको १३ दिनमै यो गीत युट्युबमा हेर्नेको संख्या २ लाख ९३ हजार नाघिसकेको छ ।

Reviewed by Unknown
on
3:19 AM
Rating:
Reviewed by Unknown
on
3:19 AM
Rating:
No comments:
What do you think about this article? Comment in the comment box.
Janakpur News